Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

आजबाट केरूङ नाका सञ्चालनमा ल्याइँदै

आजबाट केरूङ नाका सञ्चालनमा ल्याइँदै

आर्थिक पत्र
सोमवार, कार्तिक १२ २०८१
  • रसुवा। अविरल वर्षाका कारण बन्द रसुवागढी केरूङ अन्तर्राष्ट्रिय राजमार्ग यही आजदेखि सञ्चालनमा ल्याइने भएको छ।

    images

    अविरल वर्षाले क्षति पुर्‍याई गत असोज १२ गतेबाट अवरूद्ध चिनियाँ भूभागको सडक आइतबारसम्म पुनःनिर्माण सम्पन्न गरी आजबाट यातायात सञ्चालनमा ल्याउने सीमाक्षेत्रका समकक्षीले जानकारी दिएको रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलले जानकारी दिए।

    राजमार्ग सञ्चालनमा ल्याई नेपाल चीनबीचको व्यापार, व्यवसाय अभिवृद्वि गराउने कार्यमा ल्हासास्थित नेपाली वाणिज्य माहादूत नवराज ढकालद्वारा सहजीकरणमा ठूलो सहयोग मिलेको प्रजिअ पौडेलले बताए। रसुवागढी–केरूङ खण्डअन्तर्गत ठोङ्सा नजिक चिनियाँ पाखामा पहिरो जाँदा अवरूद्व भएको थियो।

    सडक अवरूद्ध हुँदा चिनियाँ मालसामा ढुवानी गर्ने सवारीसाधन टिमुरे क्षेत्रमै रहेका पाङसिङस्थित चिनियाँ ठूलो ढुवानी कम्पनी मुसा टासपोर्टले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार