Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

जुवातास खेलिरहेका २० जना पक्राउ

जुवातास खेलिरहेका २० जना पक्राउ

आर्थिक पत्र
बिहिवार, कार्तिक २२ २०८१
  • मोरङ । बिराटनगर महानगरपालिका-६ भट्टिमोड बस्ने बिशाल देवान राईको घरमा जुवातास खेलिरहेको अवस्थामा बिराटनगर महानगरपालिका-२ बस्ने ३६ वर्षीय बिमल मण्डल समेत १२ जनालाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

    images

    जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५४ हजार ७ सय १० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । 

    यसैगरी मोरङ, कटहरी गाउँपालिका-२ स्थित प्रभु कुमार साहको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३२ वर्षीय सरोज ठाकुर समेत ८ जनालाई गए राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङ र वडा प्रहरी कार्यालय बिराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १९ हजार ५ सय नेपाली रूपैयाँ, ४ हजार ६ सय भारतीय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो ।     

    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार