Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

अनलाईन मार्फत ठगी गर्ने एक जना पक्राउ

अनलाईन मार्फत ठगी गर्ने एक जना पक्राउ

आर्थिक पत्र
सोमवार, कार्तिक २६ २०८१
  • काठमाडौं । अनलाईन मार्फत ठगी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा कास्की माछापुच्छ्रे गाउँपालिका-५ ठेगाना भएका २९ वर्षीय सुजन पौडेललाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । 

    images

    सुजन समेतका व्यक्तिहरूले अनलाईन मार्फत सस्तो मुल्यमा ल्यापटप उपलव्ध गराई दिने भनि विश्वास दिलाई पीडितबाट  ४० थान ल्यापटप बराबरको २७ लाख ६० हजार रूपैयाँ रकम लिई ल्यापटप नदिई ठगी गर्ने कार्यमा संलग्न उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले  काठमाडौं ठमेल नर्सिङचोकबाट पक्राउ गरेको हो । 

    उनलाई ठगी सम्वन्धी कसूरमा आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं भद्रकाली पठाइएको जनाएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार