Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

कपिलबस्तु अदालतका तहसीलदार र कम्प्युटर अपरेटर घुससहित पक्राउ

कपिलबस्तु अदालतका तहसीलदार र कम्प्युटर अपरेटर घुससहित पक्राउ

आर्थिक पत्र
बुधवार, कार्तिक २८ २०८१
  • काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला अदालत, कपिलबस्तुका तहसीलदार सन्तोष कुमार मिश्र र कम्प्युटर अपरेटर विकास पाण्डेलाई घुससहित पक्राउ गरेको छ ।

    images

    अख्तियारको बुटवलबाट गएको टोलीले तहसीलदार मिश्र र कम्प्युटर अपरेटर पाण्डेलाई सेवाग्राहीबाट लिएको २० हजार र श्रोत नखुलेको ९६ हजार ८ सयसहित जिल्ला कपिलबस्तु, कपिलबस्तु नगरपालिका वडा नं. १ स्थित गौढी चोकबाट मंगलबार पक्राउ गरेको जानकारी दिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार