Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनितिमा बाइडेन, २७५ मिलियनको हतियार दिदै

ट्रम्प आउनुअघि युक्रेनलाई बलियो बनाउने रणनितिमा बाइडेन, २७५ मिलियनको हतियार दिदै

आर्थिक पत्र
बुधवार, मंसिर ५ २०८१
  • काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले युक्रेनलाई कम्तिमा २७५ मिलियन डलर भन्दा बढी मूल्यका नयाँ हतियार पठाउने भएको छ । अमेरिकाले युक्रेनले रुसविरुद्धको लडाइलाई बलियो बनाउन यो नयाँ सहयोग दिने घोषणा गरेको हो ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई दुई महिनामा सकेसम्म धेरै सहायता प्राप्त गर्न चाहको अमेरिकी अधिकारीहरुलाई उदृत गर्दै मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । बाइडेनले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले जनवरी २०, २०२५ मा कार्यकाल शुरु गर्नु अघि बाइडेनले युक्रेनलाई सकेसम्म बढी सहयोग गर्ने रणनीति बनाएको रिपोर्टमा उल्लेख छ ।

    विशेष गरी युक्रेनमा द्वन्द्व बढ्ने डर बढ्दै गएको बेला अमेरिकाले हतियारको पछिल्लो ढुवानी युक्रेनमा आफ्नो सेनालाई थप बलियो बनाउन पठाइने भएको छ । ट्रम्पले युद्ध चाँडै अन्त्य गर्ने वाचा गरेकाले दुवै पक्षले थप लाभ लिन जोड दिइरहेका छन् ।

    यस अघि नोभेम्बर १७ मा बाइडेनले युक्रेनलाई देश बाहिर पनि लामो दूरीको मिसाइलहरू प्रयोग गर्न अनुमति दिएका थिए ।

    त्यसपछि, १९ नोभेम्बरमा, युक्रेनले सामरिक मिसाइल प्रणाली प्रयोग गरेको दाबि गरिएको छ । रिपोर्टका अनुसार युक्रेनले गए राति रुसको ब्रायान्स्क क्षेत्रमा ६ वटा अमेरिकी एटीएसीएमएस मिसाइल प्रहार गरेको दाबी गरिएको छ ।

    एटीएसीएमएस प्रणाली सतहबाट सतहमा मार हान्न सक्ने ब्यालेस्टिक मिसाइल हो, जसले ३०० किलोमिटर टाढासम्मको लक्ष्यलाई प्रहार गर्न सक्छ । लामो दूरीको स्ट्राइक क्षमताका कारण यो मिसाइल युक्रेनका लागि गेम चेन्जर साबित हुन सक्ने बताइएको छ ।

    अमेरिकाको नयाँ सहायताले युक्रेनलाई एयर डिफेन्स, हाई मोबिलिटी आर्टिलरी रकेट सिस्टम, १५५ एमएम र १०५ एमएम आर्टिलरी राउण्ड, जेभलिन एन्टि-आर्मर हतियार र अन्य उपकरण प्रदान गर्नेछ । यी हतियारहरू पेन्टागनले सकेसम्म चाँडो युक्रेनी सेनालाई पठाइने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार