Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट

अमेरिकामा घुस दिएको आरोपपछि अडानीका कम्पनीहरुको शेयरमा भारी गिरावट

आर्थिक पत्र
बिहिवार, मंसिर ६ २०८१
  • काठमाडौँ । भारतीय उद्यमी गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेपछि बिहीबार अदानी समूहको शेयरमा ठूलो गिरावट आएको छ । अहिले अदानी समूहका तीन कम्पनीको सेयर १५ प्रतिशतभन्दा बढीले घटेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

    बम्बई स्टक एक्सचेन्जमा अडानी इनर्जी सोलुसन लिमिटेडमा १९.५० प्रतिशतको सबैभन्दा ठूलो गिरावट रेकर्ड गरिएको थियो । यसबाहेक अदानी इन्टरप्राइजेजमा १८.७६ प्रतिशत, अदानी ग्रीन इनर्जीमा १६.५६ प्रतिशत र अदानी पोर्ट्समा ११.९४ प्रतिशतले गिरावट आएको छ ।

    गौतम अडानीमाथि अमेरिकामा ठगीको आरोप लागेको छ । अडानीमाथि अमेरिकामा रहेको आफ्नो एउटा कम्पनीको ठेक्का लिन २५ करोड डलर घुस दिएको र यो कुरा लुकाएको आरोप लागेको छ ।

    तर, अडानी समूहले जारी गरेको विज्ञप्तिमा यी आरोपहरूलाई अस्वीकार गर्दै सबै कानुनी विकल्प खोजिने बताएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार