Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

भारत र अष्ट्रेलियाबीच नवीकरणीय ऊर्जामा साझेदारी

भारत र अष्ट्रेलियाबीच नवीकरणीय ऊर्जामा साझेदारी

आर्थिक पत्र
आइतवार, मंसिर ९ २०८१
  • भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले दुई राष्ट्रबीचको लगानी बढाउने उद्देश्यले नवीकरणीय ऊर्जामा साझेदारीको शुभारम्भ गरेका छन्।

    दुई देशका प्रधानमन्त्रीले आधिकारिक घोषणा  ब्राजिलमा भएको जी–२० शिखर सम्मेलनको  क्रममा  गरेका हुन्। 

    नवीकरणीय ऊर्जा साझेदारीको लक्ष्य सौर्य पीवी,  हरित हाइड्रोजन, र ऊर्जा भण्डारण जस्ता प्राथमिकताका क्षेत्रहरूमा व्यावहारिक सहयोगको लागि ढाँचा उपलब्ध गराउनु हो।

    यस साझेदारीले भारत—अष्ट्रेलियाबीच सौर्य पीवी, हरित हाइड्रोजन, ऊर्जा भण्डारण, नवीकरणीय ऊर्जा परियोजनाहरूमा द्विपक्षीय लगानी र सम्बद्ध क्षेत्रहरू जस्ता प्राथमिकताका क्षेत्रहरूमा व्यावहारिक सहयोगको लागि रूपरेखा प्रदान गर्ने  गर्दछ। 

    भारतीय प्रधानमन्त्री मोदीले यस साझेदारीले भारत—अष्ट्रेलिया आर्थिक सहयोग र व्यापार सम्झौताअन्तर्गत सक्षम वस्तु र सेवाहरूको लागि बढ्दो द्वि—तर्फी व्यापार, व्यापार संलग्नता र बजार पहुँचलाई थप उचाईमा पुर्‍याएको बताए। 

    यसैगरी, अष्ट्रेलियाका प्रधानमन्त्री अल्बानिजले सन् २०२५ मा हुने क्वाड नेताहरूको शिखर सम्मेलनमा भाग लिन भारतको निमन्त्रणा स्वीकार गरेका छन्।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार