Logo

Nov 02 2026

Nov 02 2026 | २०८३ कार्तिक १७ गते

images

दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा

दोस्रो दिनमै स्त्री-२ सय करोड क्लबमा

आर्थिक पत्र
शनिवार, भाद्र १ २०८१
  • काठमाडौँ । बलिवुड फिल्म स्त्री-२ ले भारतीय बक्स अफिसमा शानदार कमाई गरेको छ । फिल्मले रिलिजको दोस्रो दिनमा नै सय करोडको आँकडा पार गरेर नयाँ किर्तिमान बनाएको छ ।

    images

    फिल्मले रिलिजको दोस्रो दिन शुक्रबार ३५ करोड ३० लाख कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् । फिल्मले अहिलेसम्म १०० करोड १० लाख कमाई गरेको छ । फिल्मले रिलिजको पहिलो दिन विहिबार ५५ करोड ४० लाख कमाई गरेको थियो । त्यस्तै फिल्मले बुधबार पेड रिभ्यु र प्रिमियरबाट ९.४० करोड कमाई गरेको थियो ।

    फिल्मले आगामी सोमबारसम्म २०० करोडको आँकडा पार गर्नसक्ने अनुमान गरिएको छ ।

    करिब ५० करोडको लागतमा बनेको यो फिल्मले पहिलो दिनमा नै आफ्नो लागत उठाएको छ । यसअघि बनेको स्त्रीले आफ्नो पहिलो सातामा ६० करोड ३९ लाख कमाई गरेको थियो, जबकी स्त्री-२ ले पहिलो दिनमा नै सो अंकलाई पछाडी पारेको छ । 

    अमर कौशिकले निर्देशन गरेको स्त्री-२ मा श्रद्धा कपूर, राजकुमार राव, पंकज त्रिपाठी, अभिषेक बेनर्जीलगायतको अभिनय रहेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार