Logo

Sep 11 2026

Sep 11 2026 | २०८३ भाद्र २६ गते

images

रिलिज अघि नै ‘भूल भुलैया ३' ले ९० प्रतिशत लागत उठायो

रिलिज अघि नै ‘भूल भुलैया ३' ले ९० प्रतिशत लागत उठायो

आर्थिक पत्र
शनिवार, आश्विन १९ २०८१
  • काठमाडौँ । कार्तिक आर्यनको अर्को फिल्म ‘भूल भुलैया ३’ रिलिज हुनुअघि नै चर्चामा छ ।

    अनीस बज्मीले निर्देशन गरेको यो हरर कमेडी फिल्ममा विद्या बालन, तृप्ति डिमरी र माधुरी दीक्षित पनि प्रमुख भूमिकामा छन् । फिल्म दीपावलीमा रिलिज हुदै छ ।

    यसैबीच चलचित्रको बजेटको ९० प्रतिशत रिलिज अगावै असुली भइसकेको बताइएको छ । ‘भूल भुलैया ३’ ले आफ्नो लागतको ९० प्रतिशत ननथिएटर डिलबाट असुली गरेको जानकारी टी–सिरिजका प्रवक्ताले नै दिएका छन् ।

    फिल्मका निर्माता भूषण कुमारले फिल्मको लागि ठूलो गैर-थिएटर सम्झौता सुरक्षित गरेका छन्, जुन कार्तिक आर्यन र 'भूल भुलैया' फ्रान्चाइजी दुवैका लागि रेकर्ड हो । टी सिरिजका प्रवक्ताका अनुसार ‘भुल भुलैया ३’ को डिजिटल, स्याटेलाइट र म्युजिक राइट्स १३५ करोड भारुमा बिक्री भएको छ । यो सम्झौताले विशेष गरी 'भूल भुलैया २' को सफलता पछि फ्रेन्चाइजको बढ्दो लोकप्रियतालाई झल्काउँछ ।

    नेटफ्लिक्सले डिजिटल अधिकारहरू प्राप्त गरेको छ, जबकि सोनी नेटवर्कले स्याटेलाइट अधिकारहरू राखेको छ । योसँगै टी–सिरिजले म्युजिक राइट्स राखेको छ । एल्बममा पाँच प्रत्याशित हिट गीतहरू समावेश छन् । यो गैर-थिएटर सम्झौताले फिल्मको बजेटको ९० प्रतिशत समेट्छ । ‘भुल भुलैया ३’ बनाउन निर्माण टिमले १५० करोड रुपैयाँ खर्च गरेको छ । 

    हालै भुल भुलैया ३’ को टिजर सार्वजनिक गरेपछि फ्यानहरु उत्साहित भएका छन् । उनीहरुले अक्टोबरमा ट्रेलर र गीत रिलिजसँगै प्रचारप्रसारलाई तिब्रता दिने योजना बनाएका छन् ।

    ‘भूल भुलैया ३’ को थिएटरिकल ट्रेलर अक्टोबर ६, २०२४ मा रिलिज हुने भएको छ । ट्रेलर सार्वजनिक मुम्बईमा एक भव्य कार्यक्रममा हुनेछ, जसमा सम्पूर्ण स्टार कास्टहरू उपस्थित हुनेछन्। अनीस बज्मीले निर्देशन गरेको यो फिल्म सन् २०२४ को दिपावलीको अवसरमा नोभेम्बर १ मा हलमा रिलिज हुनेछ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार