Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा

अमेरिका र ताइवानद्वारा व्यापार वार्ताको घोषणा

आर्थिक पत्र
शनिवार, भाद्र ४ २०७९
  • न्युयोर्क । अमेरिकी तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीको विवादास्पद ताइवान भ्रमणपछि ताइपेई र अमेरिकाले औपचारिक रूपमा व्यापार वार्ता गर्ने भएका छन् ।

    images

     पहिलो चरणको वार्ता चाँडै हुने अमेरिकी व्यापार प्रतिनिधिको कार्यलयले जनाएको छ । बजार सहरिकरण, डिजिटल व्यापार र भ्रष्टाचारविरोधी मापदण्डबारे उनीहरूको छलफल हुने जनाइएको छ । पेलोसीको ताइवान भ्रमणपछि अमेरिका र चीनबीचको तनाव चर्किएको छ ।

     २१ औँ शताब्दीको व्यापारमा अमेरिका–ताइवान पहल पहिलो पटक जुनमा अनावरण गरिएको थियो ।

    दुबै पक्ष वार्ताको जनादेशमा सहमतिमा पुगेका छन् ।

     ‘हामी एउटा महत्वाकांक्षी तालिका पछ्याउने योजनामा छौँ, जसले २१औँ  शताब्दीको अर्थतन्त्रलाई अझ राम्रो, समृद्ध र लचिलो बनाउन मद्दत गर्नेछ’ अमेरिकाका उप व्यापार प्रतिनिधि सारा बियान्चीले एक विज्ञप्तिमा भने ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार