Logo

Nov 04 2026

Nov 04 2026 | २०८३ कार्तिक १९ गते

images

मुल्य वृद्धिको विरोधमा मोदीविरुद्ध खनिए राहुल गान्धी

मुल्य वृद्धिको विरोधमा मोदीविरुद्ध खनिए राहुल गान्धी

आर्थिक पत्र
सोमवार, भाद्र २० २०७९
  • नयाँ दिल्ली। इन्धनको मूल्य बृद्धि र बढ्दो बेरोजगारीको विरोधमा भारतीय कंग्रेसले सरकारविरुद्ध प्रदर्शन गरेको छ । विपक्षी नेता राहुल गान्धीको नेतृत्वमा हजारौं भारतीयहरूले सरकारविरोधी प्रदर्शन गरेका हुन् ।  नेता राहुलले प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले जनताका समस्याहरू सम्बोधन गर्न असफल भएको आरोप लगाए । 

    images

    गान्धीले मोदीले साना तथा मझौला उद्योग र गरिब किसान र मजदुरहरूको खर्चमा ठूला व्यापारिक समूहहरूलाई फाइदा पु¥याउने नीतिहरू अवलम्बन गरेको आरोप लगाए ।  बेरोजगारी र मूल्यवृद्धिबाट मानिसहरू प्रभावित भइरहेका उनले बताए । 

    ‘मोदीजीले कांग्रेसले ७० वर्षमा के ग¥यो भनेर प्रश्न गर्छन्’,  राजधानी नयाँ दिल्लीको रामलीला मैदानमा सम्बोधन गर्दै उनले भने, ‘सत्तरी वर्षमा कांग्रेसले देशमा यस्तो मूल्यवृद्धि गरेको छैन ।’

    उनले सत्तारुढ भारतीय जनता पार्टी (भाजपा)को हिन्दू–मुस्लिम ध्रुवीकरणको नीतिको प्रसंग उठाउँदै  सरकारले भय र घृणाको वातावरण सृजना गरेर देशलाई कमजोर बनाउँदै लगेको आरोप लगाए । उनले संगठन राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस)को पनि आलोचना गरे । राहुलले भने, ‘ हिन्दू सर्वोच्चतावादी संगठन राष्ट्रिय स्वयंसेवक संघ भाजपाको वैचारिक आदर्श हो ।’

    आठ वर्षअघि मोदी सत्तामा आएदेखि पेट्रोल, डिजेल, खाना पकाउने ग्यास र गहुँजस्ता अत्यावश्यक खाद्यवस्तुको मूल्य ४०–१७५ प्रतिशतले बढेको कांग्रेस नेताले बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार