Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

चार्ल्स बने बेलायतका राजा

चार्ल्स बने बेलायतका राजा

आर्थिक पत्र
शुक्रवार, भाद्र २४ २०७९
  •  लण्डन । बेलायतमा सबैभन्दा लामो समयसम्म गद्दीमा रहेकी महारानी एलिजाबेथ द्वितीयाको ९६ वर्षको उमेरमा निधन भएपछि उनका जेठा छोरा चार्ल्स राजा बनेका छन् ।

    images

    ७३ वर्षीय चार्ल्स, प्रिन्स अफ वेल्स, रानी एलिजाबेथ द्वितीय र एडिनबर्गको ड्यूक प्रिन्स फिलिपको जेठो छोराको रूपमा ब्रिटिश सिंहासनको उत्तराधिकारी थिए ।  उनी कुनै समारोहको आयोजना नगरी आमाको निधनपछि स्वतः राजा बनेका हुन् ।

    बिहीबार एलिजाबेथको स्वास्थ्यका बारेमा गम्भीर चिन्ताहरू व्यक्त हुँदै गर्दा उनको परिवारका सदस्यहरू उनी रहेको स्कटल्याण्डस्थित निवासमा भेला भएका थिए। पछि बकिंघम दरबारले रानीको निधन भएको पुष्टि गरेको थियो ।

    उनको निधनपछि उनका जेठा छोरा पूर्व प्रिन्स अफ वेल्स चार्ल्सले बेलायतकाे नयाँ राजा र १४ वटा राष्ट्रमण्डलका देशहरूको राष्ट्रप्रमुखका रूपमा शोक मनाउने छन्।

    महारानी एलिजाबेथले सन् १९५२ मा गद्दी सम्हालेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार