Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

२०३५ देखि डिजेल र पेट्रोल कारको बिक्री वितरणमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित

२०३५ देखि डिजेल र पेट्रोल कारको बिक्री वितरणमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित

आर्थिक पत्र
आइतवार, कार्तिक १३ २०७९
  • युरोपियन युनियन (ईयू)ले सन् २०३५ देखि डिजेल र पेट्रोल कारको बिक्री वितरणमा प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ । 

    images

    विद्युतीय सवारीसाधनलाई बढावा दिन र जलवायु परिवर्तन उत्पन्न समस्यासँग लड्न ईयूले डिजेल र पेट्रोलबाट चल्ने कारको बिक्रीवितरणमा प्रभावकारी ढंगले प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको हो । 

    नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपियन कमिसन, कानुन पारित गर्ने युरोपियन संसद र कार निर्माता कम्पनीहरुबीच डिजेल तथा पेट्रोल कारको बिक्रीवितरणम प्रतिबन्ध गाउने सहमति भएको रोयटर्समा प्रकाशित समाचारमा उल्लेख छ । 

    यो प्रतिबन्ध २७ वटा देशहरुमा प्रभावकारी ढंगले लागू हुनेछ। यसले युरोप शून्य कार्बन उत्सर्जनमा केन्द्रित रहेको प्रस्ट हुन्छ । सहमतिअनुसार नयाँ उत्पादित कारले सन् २०२१ को तुलनामा २०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्नेछ । 

    यसका साथै अब ईयूले २०३५ देखि बिक्री हुने कारबाट कार्बनडाइअक्साइडको मात्रा शून्य गर्नका लागि आवश्यक मस्यौदा तयार गर्ने सहमति पनि बनेको छ । 

    यो प्रस्ताव गत वर्ष जुलाईमा गरिएको थियो । त्यतिबेला युरोपियन कार इन्डस्ट्री एसोसिएसन (एसीईए)ले कार्बन उत्सजर्न बढी गर्ने इन्जिनलाई प्रतिबन्ध गरी कम मात्रामा उत्सर्जन हुने इन्जिनलाई प्रोत्साहन गर्न प्रस्ताव गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार