काठमाडौं । अर्बपति इलन मस्कले ट्वीटरका आधा कर्मचारी कटौती गर्ने भएका छन् । ब्लुमबर्गको रिपोर्ट अनुसार ट्वीटरको खर्च घटाउने उद्देश्यले करिब ३७ सय जना अर्थात् कम्पनीका आधा कर्मचारीहरु कटौती गर्ने मस्कले योजना बनाएका छन् । ट्वीटरका नयाँ मालिक मस्कले शुक्रबार (नोभेम्बर ४) मा प्रभावित कर्मचारीहरुलाई सूचित गर्ने ब्लुमबर्गको रिपोर्टमा उल्लेख छ ।
मस्कले ट्वीटरको हाल कायम जुनसुकै स्थानबाट पनि काम गर्न सकिने नीतिलाई उल्ट्याउने बताइएको छ । मस्कले केही अपवादबाहेक अनिवार्य रुपमा कार्यालयमा उपस्थित भएर काम गर्नुपर्ने नीति लागू गर्ने पनि ब्लुमबर्गले जनाएको छ । गत हप्ता मस्कले ४४ अर्ब डलरमा ट्वीटर खरिद गरेपछि कम्पनीका कर्मचारीहरुमा भने हलचल मच्चिएको छ । मस्कले केही दिन अघि ट्वीटरका सीइओ पराग अग्रवालसहित केही उच्चपदस्थ कर्मचारीहरुलाई पनि निस्कासन गरेका थिए ।

