Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

श्रीलंकाले पर्यटन आयबाट १० महिनामा कमायो एक अर्ब अमेरिकी डलर

श्रीलंकाले पर्यटन आयबाट १० महिनामा कमायो एक अर्ब अमेरिकी डलर

आर्थिक पत्र
आइतवार, कार्तिक २० २०७९
  • कोलम्बो । श्रीलंकाको केन्द्रीय बैंकको पछिल्लो तथ्यांकअनुसार यस वर्षको पहिलो १० महिनामा श्रीलंकाको पर्यटन आय एक अर्ब अमेरिकी डलर नाघेको छ । तथ्यांकअनुसार अक्टोबरमा श्रीलंकाले पर्यटनबाट मासिक सात करोड ६० लाख डलर आम्दानी गरेको छ । केन्द्रीय बैंकका अनुसार अक्टोबरको अन्त्यसम्ममा श्रीलंकाको आधिकारिक सञ्चिति १.७ अर्ब डलर रहेको छ । यो सेप्टेम्बरको तुलनामा केही कम हो । गत अक्टोबरमा ४२ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका प्रवेश गरेसँगै यस वर्षको हालसम्म पाँच लाख ६८ हजारभन्दा बढी विदेशी पर्यटक श्रीलंका भित्रिएको पर्यटन प्राधिकरणको तथ्यांकले देखाएको छ । 
     
    कोभिड–१९ को महामारी र राजनीतिक संकटसँगै श्रीलंकामा आएको आर्थिक संकटका कारण विदेशी मुद्राको कमी भएको र यसका कारण इन्धन तथा अति आवश्यक खाद्यान्नलगायतका सेवा प्रभावित हुँदा गत वर्ष भएको जनआन्दोलनको कारण तत्कालीन राष्ट्रपति गोताबाय राजापाक्षले पदबाट राजीनामा दिनुपरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार