Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

मस्कले बेचे ४ अर्ब डलरको टेस्ला सेयर, सम्पति २०० अर्ब डलरबाट तल झर्यो

मस्कले बेचे ४ अर्ब डलरको टेस्ला सेयर, सम्पति २०० अर्ब डलरबाट तल झर्यो

आर्थिक पत्र
बुधवार, कार्तिक २३ २०७९
  • काठमाडौं । अर्बपति इलन मस्कले करिब ४ अर्ब डलर बराबरको टेस्लाको सेयर बिक्री गरेका छन् । टेस्ला र ट्वीटरका प्रमुखसमेत रहेका मस्कले ३.९५ अर्ब डलरको १ करोड ९५ लाख कित्ता टेस्ला सेयर बिक्री गरेको रोएटर्सले उल्लेख गरेको छ । मस्कले गत अप्रिलमा ट्वीटरमा सेयर हिस्सा लिएको घोषणा गरेयता करिब २० अर्ब डलर बराबरको टेस्लाको सेयर बिक्री गरिसकेका छन् ।

    मस्कले गत अप्रिल र अगस्टमा टेस्लाको १५.४ अर्ब डलरको सेयर बेचेका थिए । तर त्यसपछि थप बिक्रीको योजना नरहेको बताएका मस्कले ट्वीटर खरिद गरेपछि पुनः सेयर बेचेका हुन् । यता, मस्कको ध्यान ट्वीटरमा बढी केन्द्रीत रहँदा टेस्लाका लगानीकर्ताहरु भने चिन्तित देखिएका छन् । जसका कारण लगानीकर्ताले टेस्लको सेयरमा बक्री चाप बढाउँदा सेयर भाउमा गिरावट आएको छ ।

    टेस्लाको सेयर भाउ घटेपछि मस्कको सम्पति २०० अर्ब डलर भन्दा तल झरेको छ । फोर्ब्सका अनुसार मंगलबार मस्कको नेटवर्थ १९४.८ अर्ब डलरमा आएको छ । अप्रिलमा ट्वीटर खरिदगर्ने घोषणा गरेयता मस्कको सम्पति ७० अर्ब डलरले घटिसकेको छ भने टेस्लाले बजार पुँजीकरण पनि करिब आधा घटेको छ ।

    images

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार