Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलंकाको योजना

अर्को वर्ष विद्युत कटौती अन्त्य गर्ने श्रीलंकाको योजना

आर्थिक पत्र
आइतवार, मंसिर ११ २०७९
  • कोलम्बो । श्रीलंकाका ऊर्जामन्त्री कञ्चना विजेसेकेराले आगामी जनवरीसम्ममा निर्बाध विद्युत आपूर्ति सुनिश्चित गर्न सबै सम्भावित उपायहरू अपनाउने बताएका छन् । श्रीलंकाले फेब्रुअरी २०२२ देखि दैनिक बिजुली कटौतीको सामना गरिरहेको छ । कुनै बेला दैनिक १३ घण्टासम्मको बिजुली कटौती भएको थियो । जुन अहिले दिनको लगभग दुई घण्टामा घटेको छ ।
     
    मन्त्री विजेसेकेराका अनुसार सरकारले पछिल्ला केही महिनामा विद्युत् कटौतीलाई ठूलो मात्रामा कम गर्न कदम चालेका छन् । हरेक वर्ष माघ र असार महिनामा विद्युत महसुल परिमार्जन गर्नु उपयुक्त हुने भन्दै उनले विद्युत महसुल परिमार्जन नगरी त्यसो गर्न नसकिने बताएका छन् । 
     
    मन्त्रीका अनुसार उनीहरूले सन् २०२३ मा नवीकरणीय ऊर्जालाई बढावा दिने योजना पनि बनाएका छन् र यो श्रीलंकाका लागि ऊर्जाको उत्तम स्रोत पनि हो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार