ओटावा । क्यानाडाको अर्थतन्त्र तेस्रो त्रैमासिकमा २.९ प्रतिशतले वृद्धि भएको सरकारी तथ्यांकले देखाएको छ । यसले गर्दा मंगलबार सार्वजनिक तथ्यांकले अर्थतन्त्र सुस्त हुने विगतको पूर्वानुमानलाई फरक ढंगले पुष्टि गरेको छ । यसका पछाडि उच्च निर्यात र गैर–आवासीय संरचनाहरुमा जुलाईदेखि सेप्टेम्बर अवधिमा लगानी, व्यापार सूचीमा बढोत्तरी, आवास र घरेलु खर्चमा गिरावटलगायतका कारणहरु प्रमुख रहेका छन् ।
विश्लेषक रोयस मेन्डेसका अनुसार “ठोस वृद्धि,“ लगभग दोब्बर अपेक्षाहरूको बाबजुद, प्रायः “बाह्य माग र अस्थिर वर्गहरु” बाट आएको देखिन्छ । धेरै अर्थशास्त्रीहरुले क्यानाडा अर्को वर्ष मन्दीमा जाने भविष्यवाणी गरेका छन् । जबकि सरकारले सन् २०२२ मा ३.९ प्रतिशतबाट २०२३ मा ०.७ प्रतिशतमा वृद्धि हुने अनुमान गरेको छ ।

