Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

सन् २०२३ मा श्रीलंकाले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

सन् २०२३ मा श्रीलंकाले निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने

आर्थिक पत्र
बिहिवार, मंसिर २२ २०७९
  • कोलम्बो । श्रीलंकाले सन् २०२३ मा वस्तु तथा सेवा निर्यातबाट १९ अर्ब अमेरिकी डलर आम्दानी गर्ने अनुमान गरेको लगानी प्रवद्र्धन मन्त्रालयले जनाएको छ । मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “व्यावसायिक वस्तुको निर्यातबाट १४ अर्ब ८० करोड डलर र बाँकी चार अर्ब २० करोड डलर सेवा निर्यातबाट प्राप्त हुनेछ ।”
     
    यो लक्ष्य हासिल गर्न मन्त्रालयले श्रीलंकाको निर्यातको साख बढाउने, मूल्य अभिवृद्धि र उत्पादनहरूको ब्रान्डिङ गर्ने, नयाँ बजारहरुमा पहुँच बढाउने, निर्यातकर्ताहरुको संख्या बढाउने र निर्यात क्षेत्रको दक्षता बढाउनेलगायत विभिन्न रणनीतिहरु लागू गरेको मन्त्रालयले जनाएको छ । यी रणनीति पूरा गर्न सरकारले सन् २०२३ का लागि सात लाख अमेरिकी डलर विनियोजन गरेको मन्त्रालयले जनाएको छ ।

    श्रीलंकामा भ्रष्टाचार वृद्धि र कोभिडका कारण विदेशी मुद्रा (डलर) को अभाव हुँदा खाद्यान्न, औषधि, इन्धनलगायतका बस्तु खरिदमा समस्या भएपछि केही महिना पहिले देशब्यापी चलेको आन्दोलनको दबाबका कारण तत्कालीन राष्ट्रपति गोतबाय राजपाक्ष र प्रधानमन्त्री महिन्दा राजपाक्षले पदबाट बाहिरिनु परेको थियो ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार