Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

थप १० हजार कर्मचारी कटौती गर्ने घोषणापछि मेटाको सेयर भाउ ७.२५% ले बढ्यो

थप १० हजार कर्मचारी कटौती गर्ने घोषणापछि मेटाको सेयर भाउ ७.२५% ले बढ्यो

आर्थिक पत्र
बुधवार, चैत्र १ २०७९
  • काठमाडौं ।  फेसबुकको भाउ कम्पनी ‘मेटा’ ले सन् २०२३ मा थप १० हजार कर्मचारी कटौती गर्ने घोषणा गरेको छ । यससँगै, गहिरो आर्थिक मन्दीको सामना गर्ने उपायस्वरुप कर्मचारी कटौतीको दोस्रो चरणको घोषणा गर्ने मेटा पहिलो ठूलो प्रविधि कम्पनी बनेको छ । कर्मचारी कटौती गर्ने घोषणापछि मेटाको सेयर भाउ मंगलबार ७.२५% ले बढेर १९४ डलर पुगेको थियो । कर्मचारी कटौती कम्पनी पुनर्संरचनाको एक हिस्सा भएको रोयटर्सले उल्लेख गरेको छ । जसअन्तर्गत कम्पनीको कर्मचारी भर्ती गर्ने योजना खारेज हुनेछ भने कम प्राथमिकताका परियोजनाहरु बन्द गर्नेछ ।
     
    यसका साथै, मध्यम तहका व्यवस्थापनहरु हटाउनेछ । यसअघि गत नोभेम्बरमा पनि मेटाले ११ हजार कर्मचारी अर्थात आफ्ना कुल कर्मचारीहरुमध्ये १३% लाई कामबाट हटाएको थियो । बढ्दो ब्याजदरका कारण आर्थिक मन्दीको चिन्ताले हालैका महिनाहरुमा अमेरिकी कर्पोरेटहरुले ठूलो संख्यामा रोजगारी कटौती गरेका छन् । साथै, कर्मचारी कटौतीको क्रम जारी नै रहेको छ । सन् २०२२ को सुरुवातयता प्रविधि कम्पनीहरुले मात्रै २ लाख ९० हजार भन्दा बढी कामदारहरुलाई कामबाट हटाएको एक तथ्यांकले देखाएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार