Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने

आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने

आर्थिक पत्र
आइतवार, चैत्र ५ २०७९
  • एजेन्सी । आईएमएफले श्रीलङ्काका लागि २.९ अर्ब अमेरिकी डलरको कर्जा स्वीकृत गर्ने भएको श्रीलङ्काले जनाएको छ ।

    images

    श्रीलङ्काको केन्द्रीय बैंकका गभर्नर नन्दलाल वीरासिङ्घेले अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले सोमबार दुई अर्ब ९० करोड अमेरिकी डलरको राहत प्याकेज स्वीकृत गर्ने तयारी गरेको बताउँदै देशको ‘डलर सङ्कट’ अन्त्य भएको बताएका हुन्। 

    श्रीलङ्कासँग अत्यावश्यक क्षेत्रको आयातका लागि पर्याप्त विदेशी सञ्चिति हुने बताउँदै उनले आईएमएफको प्याकेजले लगानीकर्ताको भावनालाई बढावा दिने र थप विदेशी कोष र लगानीमा देशको पहुँच बढाउने बताए । 

    “आईएमएफको प्याकेजमा श्रीलङ्का सरकारलाई बजेटसम्बन्धी सहयोग समावेश हुनेछ, जुन आईएमएफको कर्जाको नयाँ अंश हो,” उनले भने। 

    सन् २०२२ मा दक्षिण एशियाली मुलुक श्रीलङ्का गम्भीर आर्थिक सङ्कटको चपेटामा परेपछि अन्तर्राष्ट्रिय ऋणदातासँग सम्बन्धित वार्ता सुरु गरेको थियो । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार