Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

श्रीलंकाको अर्थतन्त्र २०२३ मा ४.३ प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

श्रीलंकाको अर्थतन्त्र २०२३ मा ४.३ प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

आर्थिक पत्र
बिहिवार, चैत्र २३ २०७९
  • कोलम्बो । विश्व बैंकले श्रीलंकाको अर्थतन्त्र सन् २०२३ मा ४.३ प्रतिशतले संकुचन आउने प्रक्षेपण गरेको छ । आन्तरिक तथा बाह्य आर्थिक संकट र वित्तीय असन्तुलन साथै तरल राजनीतिक स्थितिले देशको आर्थिक परिदृश्यमा महत्वपूर्ण अनिश्चितता पैदा गरेको छ । विश्व बैंकले आफ्नो दुई वर्षको अद्यावधिकमा देशको आर्थिक संकटको मूल कारणहरुलाई सुधार गर्न र भविष्यको संकटहरु रोक्न बलियो र लचिलो अर्थव्यवस्था निर्माण गर्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।
     
    माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि विश्व बैंकका देशीय निर्देशक फारिस एच हदाद–जर्भोसले भने, “श्रीलंकाको आर्थिक संकटले गहिरो प्रभाव पारेको छ र सन् २०२१ देखि २०२२ को बीचमा ५० लाखभन्दा बढी रोजगारी गुमेको छ । थप २७ लाख मानिस गरिबीको रेखामुनि फसेका छन् । यस संकटको डरलाग्दो प्रभावबाट लामो समयसम्म पुनः उत्थान हुनुका साथै ढिलो ऋण पुनर्संरचना प्रक्रिया, सीमित बाह्य वित्तीय सहयोग र अनिश्चित विश्वव्यापी वातावरणले देशको आर्थिक वृद्धिमा गम्भीर जोखिम उत्पन्न हुने निर्देशक हदाद–जर्भोसले बताए ।
     
    विश्व बैंकका अनुसार सन् २०२३ र त्यसपछि पनि अर्थतन्त्रले महत्वपूर्ण चुनौतीको सामना गर्नुपर्नेछ र तल्लो स्तरको बाह्य व्यापार सन्तुलनले आन्तरिक व्यापार, आर्थिक गतिविधि, रोजगारी र आयमा प्रतिकूल प्रभाव पार्न सक्छ । “अन्तर्राष्ट्रिय साझेदारहरुको आर्थिक सहयोगमा सरकारको सुधार कार्यक्रमको सबल र प्रभावकारी कार्यान्वयनले आत्मविश्वास बढाउन र नयाँ पूँजी प्रवाहलाई आकर्षित गर्न सक्छ जुन रोजगारीको सम्भावना सुधार गर्न र जीविकोपार्जन पुनः स्थापनाको लागि महत्वपूर्ण छ,” विश्व बैंकले भनेको छ ।
     

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार