Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर

मित्रराष्ट्रलाई पेट्रोलियम पदार्थ आपूर्तिको अनुमति दिने आदेशमा पुटिनको हस्ताक्षर

आर्थिक पत्र
आइतवार, बैशाख १७ २०८०
  • भ्लादिभोस्तक । फेब्रुअरी १ भन्दा अघि भएका सम्झौता अन्तर्गत मित्र राष्ट्रहरूलाई पेट्रोल तथा पेट्रोलियम पदार्थको उत्पादन र आपूर्ति गर्न अनुमति दिने आदेश पत्रमा रूसी राष्ट्रपति पुटिनले हस्ताक्षर गरेका छन् । 

    images

    शुक्रबारदेखि लागू हुने उक्त निर्देशन पत्रमा पुटिनले गत वर्षको अन्त्यमा आफैले हस्ताक्षर गरेको सम्झौतामा सामान्य संशोधन गरी पश्चिमा राष्ट्रहरूले तोकेको मूल्य सीमा लागु गर्ने मुलकका लागि आपूर्ति रोक्न भनिएको छ ।
     
    यसअघि सन् २०२२ डिसेम्बरमा यूरोपेली सङ्घ (ईयू) ले रूसी तेल उत्पादनको आपूर्तिमा प्रतिबन्ध लगाएको थियो । सन् २०२२ को डिसेम्बरमा ईयूले रूसी समुद्री कच्चा तेलको मूल्य प्रति ब्यारेल ६० अमेरिकी डलर तोकेको थियो ।

    प्रतिबन्धमा ‘ग्रुप अफ सेभेन (जी–७) राष्ट्र र अष्ट्रेलिया सामेल भएका थिए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार