Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

पूर्वराष्ट्रपति ट्रम्पमाथिको यौन आरोप पुष्टि, ५० लाख डलर क्षतिप्रर्ति तिर्नु पर्ने

पूर्वराष्ट्रपति ट्रम्पमाथिको यौन आरोप पुष्टि, ५० लाख डलर क्षतिप्रर्ति तिर्नु पर्ने

आर्थिक पत्र
बुधवार, बैशाख २७ २०८०
  • न्युयोर्क । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले ५ मिलियन डलर क्षतिपुर्ति दिनुपर्ने फैसला अदालतले सुनाएको छ । सन् १९९० को दशकमा न्युयोर्कको डिपार्टमेन्ट स्टोरमा म्यागजिनका स्तम्भकारलाई यौन दुर्व्यवहार गरेको आरोप पुष्टी भएको भन्दै अदालतले उनलाई सो रकम क्षतिपुर्ति दिन आदेश दिएको हो । यो एउटा सिभिल अदालतले गरेको फैसला हो ।

    images

    अन्तराष्ट्रिय सञ्चार माध्यमहरुले जनाए अनुसार डोनाल्ड ट्रम्पले सन् १९९० को दशकमा लेखिका ई जीन क्यारोललाई यौन दुर्व्यवहार गरे र त्यसपछि उनलाई झूटो भन्दै बदनाम गरे । संयुक्त राज्य अमेरिकाको एक निर्णायक मण्डलले पूर्व अमेरिकी राष्ट्रपतिलाई कानुनी झटका दिने निर्णय गरेको हो । 

    बर्गडोर्फ गुडम्यानको ड्रेसिङ रुममा ई जीन क्यारोललाई बलात्कार गरेकोमा भने ट्रम्प जिम्मेवार नभएको पाइयो तर निर्णायक मण्डलले लेखिकाको आरोपलाई ‘ठगी र झूट’ भनेकोमा ट्रम्पलाई मानहानिको लागि जिम्मेवार पनि मानिएको छ ।

    यौन उत्पीडनका लागि ट्रम्प कानुनी रूपमा जिम्मेवार भएको यो पहिलो पटक हो ।

    छ जना पुरुष र तीन महिलाको निर्णायक मण्डलले मङ्गलबार तीन घण्टाभन्दा कम छलफलपछि आफ्नो निर्णयमा पुगेको थियो ।

    ‘आज, संसारलाई अन्ततः सत्य प्रमाणित हुन पुगेको छ,’ सुश्री क्यारोलले फैसला पछि लिखित बयानमा भनिन ‘यो जित मेरो लागि मात्र होइन, विश्वास नगरेको कारणले दुःख भोग्ने हरेक महिलाको लागि हो ।’ 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार