Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

टेस्लाको सेयर भाउ लगातार ११औं दिन बढेपछि सर्ट सेलरहरुलाई ६.७ अर्ब डलर घाटा

टेस्लाको सेयर भाउ लगातार ११औं दिन बढेपछि सर्ट सेलरहरुलाई ६.७ अर्ब डलर घाटा

आर्थिक पत्र
आइतवार, जेठ २८ २०८०
  • काठमाडौं। विद्युतीय कार निर्माता कम्पनी ‘टेस्ला’ को सेयर भाउ लगातार ११औं दिन बढेको छ । यसअवधिमा टेस्लाको सेयर ‘सर्ट सेलिङ’ गरेका कारोबारीहरुले अरबौं डलर गुमाएको रोयटर्सले उल्लेख गरेको छ । वित्तीय तथ्यांक विश्लेषक गर्ने कम्पनी ‘एस थ्री पार्टनर्स’ का अनुसार टेस्लाको ११ दिनको र्यालीमा सर्ट सेलरहरुले ६.०८ अर्ब डलर गुमाएका छन् ।
     
    टेस्लाको सेयर भाउमा गत मे २४ यता ३५% वृद्धि भइसकेको छ । सर्ट सेलिङमा ट्रेडरहरुले कुनै कम्पनीको सेयर भाउमा भविष्यमा गिरावट आउँदैछ भन्ने अनुमान गरी आफूसँग नभएको सेयर सापटी लिएर पहिला बिक्री गर्ने र घटेपछि सस्तो मूल्यमा खरिद गरी फिर्ता गर्ने रणनीति अपनाएका हुन्छन् । यद्दपि, टेस्लाको सेयर भाउमा ११ दिनसम्म गिरावट नआएपछि सर्ट सेलरहरु नोक्सानमा गएका हुन् ।
     
    एस थ्री पार्टनर्सका अनुसार टेस्लाको करिब २२.४३ अर्ब डलर बराबरको सेयर सर्ट सेलिङ भएको छ । जुन हालसम्मकै सबैभन्दा ठूलो हो । टेस्लाको सेयर भाउमा निरन्तर वृद्धि भएपनि सर्ट सेलिङको क्रम जारी नै रहेको एस थ्रीले जनाएको छ । सर्ट सेलरहरु टेस्लाको बढ्दो मूल्यलाई ‘सपोर्ट’ नमिल्ने र अन्ततः सेयर भाउ घट्नेमा आशावादी देखिएका छन् । शुक्रबार पनि टेस्ला ४.०६% ले बढेर २४४.४० डलरमा पुगेको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार