Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

श्रीलंकाले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

श्रीलंकाले थप ३०० वस्तुको आयातमा लगाएको प्रतिबन्ध हटायो

आर्थिक पत्र
आइतवार, जेठ २८ २०८०
  • कोलम्बो। श्रीलंका सरकारले विद्युतीय उपकरण, सरसफाईसम्बन्धी र खाद्य सामग्रीलगायत ३०० भन्दा बढी वस्तुको आयातमा लगाइएको प्रतिबन्ध लाई खुकुलो बनाएको छ । राष्ट्रपति रानिल विक्रमासिंघेद्वारा वित्त, आर्थिक स्थिरिकरण र राष्ट्रिय नीति मन्त्रीको रुपमा जारी गरिएको राजपत्र अधिसूचनापछि यो नयाँ नीति लागू भएको हो ।
     
    श्रीलंका सरकारले सन् २०२२ को अगष्टमा एक हजार ४६५ वस्तुको आयातमा प्रतिबन्ध लगाएको थियो तर तीमध्ये ८०० भन्दा बढी वस्तुमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो । सन् २०२२ मा श्रीलंकाको कुल आयात खर्च १८ अर्ब अमेरिकी डलरभन्दा बढी रहेको र सन् २०२१ को तुलनामा ११.४ प्रतिशतले कमी आएको सरकारी तथ्यांकले देखाएको छ ।
     
    श्रीलंकाको केन्द्रीय बैंकले सन् २०२२ को अधिकांश समय अत्यावश्यक बाहेकका आयातमा प्रतिबन्ध लगाउने उपायका कारण बजारमा तरलताको अभाव कायम रहेकाले यो निर्णय गरिएको जनाएको छ ।
     
    श्रीलंकाका वित्त राज्यमन्त्री रञ्जित स्याम्बालापिटियाले अमेरिकी डलरको उपलब्धतामा भएको सुधारको परिणामस्वरुप आयात प्रतिबन्धलाई थप खुकुलो बनाउने निर्णय भएको बताए ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार