Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो

श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झर्यो

आर्थिक पत्र
बिहिवार, आषाढ ७ २०८०
  • कोलम्बो । श्रीलङ्काको मुद्रास्फीति मे महिनामा २२.१ प्रतिशतमा झरेको छ ।

    images

    राष्ट्रिय उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित श्रीलङ्काको मुद्रास्फीति २२.१ प्रतिशतमा झरेको जनगणना तथा तथ्याङ्क विभागले बुधवार सार्वजनिक गरेको छ ।

    एनसीपीआईका अनुसार अप्रिलको मुद्रास्फीति ३३.६ प्रतिशत थियो । खाद्य श्रेणीको मुद्रास्फीति अप्रिलमा २७.१ प्रतिशतको तुलनामा मे महिनामा १५.८ प्रतिशतमा झरेको छ । गैर–खाद्य समूहको मुद्रास्फीति वैशाखमा ३९.० प्रतिशतबाट घटेर मे महिनामा २७.६ प्रतिशतमा पुगेको छ ।

    श्रीलङ्काको केन्द्रीय बैंकले अनुमानित गिरावटको मुद्रास्फीति प्रवृत्ति सन् २०२३ सम्म जारी रहने अपेक्षा गरेको छ । सन् २०२३ को अन्त सम्ममा एकल–अङ्कको तथ्याङ्कमा प्रचलित उच्च मुद्रास्फीतिलाई ल्याउने अपेक्षा गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार