Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

भारतमा जीएसटीले भरियो सरकारी खजाना, जूनमा १.६१ लाख करोड संकलन

भारतमा जीएसटीले भरियो सरकारी खजाना, जूनमा १.६१ लाख करोड संकलन

आर्थिक पत्र
आइतवार, आषाढ १७ २०८०
  • एजेन्सी ।  भारतको वित्त मन्त्रालयले वस्तु तथा सेवा कर (जीएसटी) राजस्व संकलन जुन महिनामा १,६१,४९७ करोड रुपैयाँ भारु रहेको जनाएको छ । जुन वार्षिक रूपमा १२ प्रतिशतले वृद्धि भएको हो। अघिल्लो महिना, मे २०२३ मा, यो संख्या १,५७,०९० करोड रुपैयाँ भाश्र थियो। अर्थात् गत महिनाको तुलनामा ४ हजार ४०७ करोड रुपैयाँ भारु बढी भएको छ । जीएसटी लागू भएदेखि यो लगातार चौथो पटक हो । 

    images

     यस वर्ष अप्रिल २०२३् मा सबैभन्दा बढी जिएसटी सङ्कलन भएको थियो। यो आंकडा १.८७ लाख करोड रुपैयाँको रेकर्ड स्तरमा छ । जबकि मासिक जीएसटी राजस्व डाटालाई हेर्दा यो लगातार १६ महिनामा १।४ लाख करोड रुपैयाँ भारुभन्दा माथि रहेको छ। जुनको सङ्कलन मेको तुलनामा बढी हुनेछ र १.६ लाख करोड पार गर्ने अनुमान गरिएको छ । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार