Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

रूसी सेनामा आठ महिनाभित्रै दुई लाख ८० हजार भर्ती

रूसी सेनामा आठ महिनाभित्रै दुई लाख ८० हजार भर्ती

आर्थिक पत्र
सोमवार, भाद्र १८ २०८०
  • एजेन्सी । रूसका पूर्वराष्ट्रपति तथा सुरक्षा परिषद्का अध्यक्ष दिमित्री मेदभदेवले बितेका आठ महिनामा रूसी सेनामा दुई लाख ८० हजार मानिसलाई भर्ती गरिएको बताएका छन्‌ । सुदूरपूर्वी टापु सखालिनको भ्रमणमा रहेका पूर्वराष्ट्रपतिले आइतबार उक्त जानकारी दिएका हुन्‌ । 

    images

    युक्रेनसँगको आक्रामक कारबाही १९ औँ महिनामा चलिरेहेका बेला धेरैभन्दा धेरै पुरुषलाई सेनामा आकर्षित गर्ने प्रयास भएको बताउँदै उनले केही स्वयंसेवक र जगेडामा रहेका सैनिकलाई रणमैदानमा परिचालन गरिएको पनि उल्लेख गरेका छन्‌ । 

    रूसी सेनाले अनलाइन र रूसी सडकहरूमा व्यापक विज्ञापन निकालेर स्वयंसेवक भर्ती गर्न ठूलो प्रचार अभियान पनि सञ्चालन गरेको छ ।

    सन् २००८ देखि २०१२ सम्म रूसको नेतृत्व गरेका मेदभदेवले युक्रेन आक्रमणको समर्थन गर्दै आएका छन्‌ ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार