काठमाडौं । हुवावेले सन् २०२३ को पहिलो तीन त्रैमासिकको व्यापारिक नतिजा सार्वजनिक गरेको छ। यस अवधिमा हुवावेले वार्षिक रूपमा २.४ प्रतिशत वृद्धि र १६ प्रतिशत खुद नाफा मार्जिनसहित ४५६.६ बिलियन आम्दानी गरेको छ ।
सन् २०२२ मा हुवावेले अमेरिकी डलर ९३.५ बिलियन राजस्व र अमेरिकी डलर ५.२ बिलियन खुद नाफा कमाएको थियो। हुवावेले सन् २०२२ मा अमेरिकी डलर २३.५ बिलियनको वार्षिक खर्चसंग कम्पनीको वार्षिक राजस्व को २३.५५ को प्रतिनिधित्वसंग अनुसन्धान र विकासमा आफ्नो लगानी सुदृढ गर्न जारी राखेको थियो । र विगत १० वर्षमा आफ्नो कुल अनुसन्धान र विकास खर्च अमेरिकी डलर १४२.३ बिलियन भन्दा बढि लगानी गरेको छ ।
‘कम्पनीको कार्यसम्पादन पूर्वानुमान अनुरूप छ,’ हुवावेका घुम्ती अध्यक्ष केन हुले भने। ‘म हाम्रा ग्राहकहरू र साझेदारहरूलाई उनीहरूको निरन्तर विश्वास र समर्थनको लागि धन्यवाद दिन चाहन्छु। अगाडि बढ्दै, हामी हाम्रो व्यापार पोर्टफोलियोको अधिकतम बनाउन र हाम्रा उत्पादन र सेवाहरूको प्रतिस्पर्धात्मकतालाई नयाँ उचाइहरूमा लैजान आर एण्ड डीमा हाम्रो लगानी बढाउन जारी राख्नेछौं। सधैं जस्तै, हाम्रो लक्ष्य हाम्रा ग्राहकहरू, साझेदारहरू, र समाजको लागि ठूलो मूल्य सिर्जना गर्नु हो।’


