Logo

Nov 05 2026

Nov 05 2026 | २०८३ कार्तिक २० गते

images

श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने

श्रीलंका संकटः प्रदर्शनकारद्वारा प्रधानमन्त्रीको घरमा आगजनी, राष्ट्रपतिले राजीनामा दिने

आर्थिक पत्र
आइतवार, आषाढ २६ २०७९
  •  कोलम्बो । अभूतपूर्व आर्थिकसंकट बीच महिनौंदेखि चलेको विरोधपछि श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेले  बुधबार राजीनामा दिने भएका छन् । सभामुख ३० दिनका लागि राष्ट्रपति बन्ने र त्यस अवधिमा संसदले नयाँ नेता चयन गर्नेछ ।

    images

    यसअघि शनिबार प्रदर्शनकारीले राष्ट्रपति निवास घेराउ गरेपछि राष्ट्रपति राजापाक्षे सुरक्षित क्षेत्रतर्फ भागेका थिए । यसैबीच, प्रदर्शनकारीले प्रधानमन्त्री रनिल विक्रमासिंघेको कोलम्बोस्थित घरमा आइतबार आगजनी गरेका छन् ।

    ‘प्रदर्शनकारीहरूले प्रधानमन्त्री रनिल विक्रमासिंघेको निजी निवासमा प्रवेश गरी आगजनी गरेका छन्’ श्रीलंकाका प्रधानमन्त्रीको कार्यालयले एक विज्ञप्तिमा भन्यो । 
     प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरिए पनि उनीहरु प्रधानमन्त्री निवासमा प्रवेश गरेका थिए । प्रदर्शनकारीले प्रधानमन्त्रीको गाडीमा तोडफोड गरेका थिए । 

    मे महिनामा प्रधानमन्त्रीमा नियुक्त भएका विक्रमासिंघेले पनि सरकारको निरन्तरता र सबै नागरिकहरूको सुरक्षा सुनिश्चित गर्न पदबाट राजीनामा दिने घोषणा गरेका छन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार