नयाँदिल्ली - भारतको रक्षा निर्यात हरेक वर्ष बढिरहेको छ ।
आर्थिक वर्ष २०२३–२४ मा भारतले २ अर्ब ६३ करोड डलर अर्थात २१ हजार ८३ करोड रुपैयाँ बराबरको हतियार र रक्षा उपकरण विदेशमा निर्यात गरेको थियो । अघिल्लो वर्षको तुलनामा ३२.५ प्रतिशतले वृद्धि भएको थियो ।
प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा रहेको सरकारको १० वर्षे कार्यकालमा भारतको रक्षा निर्यात तीव्र गतिमा बढेको छ । आर्थिक वर्ष २०१३–१४ को तुलनामा विगत १० वर्षमा रक्षा निर्यात ३१ गुणा बढेको छ ।


