Logo

Nov 03 2026

Nov 03 2026 | २०८३ कार्तिक १८ गते

images

बंगलादेशको एटीएम सबै रित्ता, लुटिने डरले बैंकले राखिएन पैसा

बंगलादेशको एटीएम सबै रित्ता, लुटिने डरले बैंकले राखिएन पैसा

आर्थिक पत्र
आइतवार, श्रावण २७ २०८१
  • ढाका । बंगलादेशमा अस्थिरताको बीचमा एटीएमहरूमा नगदको अभाव भएको छ। 

    images

    प्रदर्शनकारीले लुटपाट गर्ने डरले धेरैजसो बैंकले एटीएम नै बन्द गरेका छन्, त्यहाँ कुनै पैसा राखिएको छैन । 

    वास्तवमा गत ५ अगस्तमा  प्रहरी माथि प्रदर्शनकारीले हमला गरे पछि बंगलादेशका प्रहरीहरु अझै काममा फर्किन सकेका छैनन् । यस्तो अवस्थामा सुरक्षा व्यवस्था नै धरापमा परेको छ । धेरैजसो प्रहरी चौकीहरु रित्तो भएका छन्, त्यहाँ प्रहरीहरु छैनन । न त सडकमा ट्राफिक नै रहेका छन । 

    एटीएम बुथसम्म नगद पु¥याउने सुरक्षाकर्मी काममा नफर्केकाले एटिएममा नगद नभएको बैंकरहरुले बताएका छन् । यसअघि गत अगस्त ७ मा  केन्द्रीय बैंकले सबै बैंकबाट १ दिनका लागि एक लाख रुपैयाँ नगद झिक्न सीमा तोकेको थियो ।

    हसिनाको राजीनामा पछि देशमा हिंसा, लुटपाट र आगजनीका घटना बढेका छन् । नयाँ सरकारले पनि अझै सुरक्षा ब्यवस्थालाइ  नियन्त्रणमा लिइसकेकाे अवस्था छैन् । 

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार