Logo

Nov 05 2026

Nov 05 2026 | २०८३ कार्तिक २० गते

images

श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने, निजी गाडीलाई पेट्रोलियम बिक्रीमा रोक

श्रीलंकामा अत्यावश्यक सवारीसाधनले मात्र इन्धन पाउने, निजी गाडीलाई पेट्रोलियम बिक्रीमा रोक

आर्थिक पत्र
मंगलवार, आषाढ १४ २०७९
  • श्रीलंका। श्रीलंकाले अत्यावश्यकबाहेकका सवारीसाधनलाई इन्धन बिक्री नगर्ने भएको छ। आर्थिक संकटसँग गुज्रिरहेको श्रीलंका सरकारले आगामी दुई हप्तासम्म सार्वजनिक यातायात, रेलका साथै औषधि र खाद्यान्न ढुवानी गर्ने गाडीलाई मात्र इन्धन दिने निर्णय गरेको हो।

    images

    जुलाई १० सम्म निजी सवारीसाधनलाई पेट्रोल र डिजेल बिक्री गरिनेछैन।

    यस्तै, सरकारले २ करोड २० लाख नागरिकलाई घरबाटै काम गर्न र शहरी क्षेत्रका विद्यालय बन्द गर्न निर्देशन समेत दिएको छ।

    श्रीलंकाको सरकारले इन्धन आपर्तिलाई सहज बनाउन रसिया र कतारमा प्रतिनिधि पठाएको छ। उनीहरुले ती राष्ट्रसँग सस्तोमा पेट्रोल र डिजेल उपलब्ध गराउन माग गरिरहेका छन्।

    कोरोना भाइरस महामारी, कर कटौती र उर्जा संकट बढेपछि श्रीलंका अहिले आफ्नो इतिहासकै सबैभन्दा कठिन परिस्थितिमा रहेको सरकारका प्रवक्ता बन्दुला गुनेवर्दनाले बताएका छन्।

    हाल श्रीलंकामा ९ हजार टन डिजेल र ६ हजार टन पेट्रोलमात्र बाँकी छ।

    प्रतिक्रिया दिनुहोस
    images
    लोकप्रिय
    सम्बन्धित समाचार